जनता समाजवादी पार्टी (जसपा) नेपाल कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका समिति पुनर्गठन भएको छ। पालिकामा आयोजित भेलाबाट हरिसचन्द्र पाठकको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको हो।
समितिको उपाध्यक्षमा परमात्मा यादव, सफिक मुसलमान, सचिव दीपक यादव, उपसचिवहरू कमलवती नाउ, बिराज सैनी र कोषाध्यक्षमा मिथुन तेली चयन भएका छन्।
कार्यक्रममा पार्टीका नेताहरू सुदीप पौडेल, अब्दुल रशिद खाँ, साधिका यादवलगायतले मन्तव्य राखेका थिए।