चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को उपाधि बुटवल तेक्वान्दो डोजाङ्गले जितेको छ। 
जसले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधीसगैँ ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्दै प्रथम भएको हो।  
भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रयोगितामा चितवनको खैरहनी तेक्वान्दो डोजाङ्ग दोस्रो हुन सफल भएको भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो। जसले
४ स्वर्ण, ५ रजत र ३ कास्यसहित दोस्रो हुँदै नगर ३० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्न सफल भएको थियो।
यसैगरि प्रतियोगितामा श्री नेत्रदय तेक्वान्दो डोजाङ्ग बारा तेस्रो स्थान हात पार्न सफल भयो। जसले ४ स्वर्ण, १ रजत र २ कास्यसहित तेस्रो हुँदै नगर २० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण पाएको थियो। भने उत्कृष्ट निर्णायक तर्फ ललितपुर घर भएका राजनकुमार श्रेष्ठ, उत्कृष्ट पुरुष खेलाडीमा चितवन घर भएका अभिषेक गिरी र उत्कृष्ट  महिला खेलाडीमा बुटवल घर भएकी अञ्जली चौधरी घोषित भएको थिए। भने उनीहरुले नगद ५/५ पुरस्कारसहित शिल्ड प्रमाण पाउन सफल भएका खेलाडीलाई भरतपुर महानगरकी मेयर रेनुले पुरस्कार प्रदान गरेकी थिइन्।
गएको पुस ४ गतेदेखि पुस ६ गते शनिवारसम्म सञ्चालित प्रतियोगितामा देशभरका ४० बढी जिल्लाबाट ७ सय १० जना खेलाडी सहभागी भएको प्रतियोगिताका निर्णायक योगेश कँवर योगीले जानकारी गराए।
सो अवसरमा बोल्दै मेयर रेनु दाहालले खेल विकासमा भरतपुरको इतिहासमा नयाँ रेकर्ड कायम भएको बताइन्।
उनले महानगरले खेलकुदको विकासका लागि विभिन्न गतिविधिहरुलाई निरन्तरता दिँदै भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणाधीन, एक वडा एक खेल मैदान निर्माण, कभर्डहल निर्माण लगायतका कामले सबैको ध्यान तानेको बताइन्।
भरतपुर महानगरले दक्ष खेलाडी उत्पादन गर्नका लागि विद्यालय तहबाटै खेलकुदका गतिविधिसँगै खेलकुदको पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको स्पष्ट पारिन्।
प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै तौल समूहमा प्रतिस्पर्धा भएको थियो।
पुरुष र महिलातर्फ  गरी १० वटा विधामा खेल भएको थियो। भने क्यारोगी (फाइट) तर्फ ३० वटा स्वर्णपदकका लागि प्रतिस्पर्धा भएको थियो।