संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ।
जसअनुसार,आज अर्थ, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन्। बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफललाई निरन्तरता दिनुका साथै विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूचि छ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकपनि बिहान साढे १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै,बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिङ्गी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकको समय तोकिएको छैन। बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग दफावार छलफल गर्ने कार्यसूची छ।