मोरङको जहदा गाउँपालिका-४ लक्ष्मीनियाबाट स्रोत नखुलेको ३ लाख १० हजार भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही गाउँपालिका-६ बस्ने २६ वर्षीय विजय कुमार मण्डल रहेका छन्। उनी गएराति पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले विराटनगरबाट पोखरीयातर्फ जाँदै गरेको प्र १-०४-००१ प ३९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक मण्डललाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।