महोत्तरी मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँ धनमाल लुटपाट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँ धनमाल लुटपाट गरेका छन्।

घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात/आठ जनाको समूहमा हातहतियार सहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए।

झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ। अन्य के कति सरसामान लुटपाट गरेको बारेमा प्रहरी टोलीले छानबिन गर्दैछ।