बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११, दुधौरा खोला पुलनजिक कारभित्र शनिबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
रोकी राखिएको कारभित्र शव फेला परेको र मृतक पुरुष जीतपुरसिमरा–१ घर भई सिमरा विमानस्थलमा कार्यरत राजकुमार रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
स्थानीयले गाडीभित्र शव रहेको खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो। बाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपट्टिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शव परीक्षणका लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।