इलामको सन्दकपुर गाउँपालिका-४ सायाङ्बा स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ।

मंसिर २९ गते साँझ विद्युतको पोलमाथि तार जडान गर्ने क्रममा ज्यालामा काम गर्ने स्थानीय ३० वर्षीय गोपाल राईलाई एक्कासी करेन्ट लागेको थियो।

करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।