इलामको देउमाई नगरपालिका-९ जितपुरस्थित सुङ्गुरे डाँडा बस्ने एक युवाको रुखको हाँगाले लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार रुख काट्ने क्रममा हाँगाले लागेर आइतबार ४९ वर्षीय तुलसी जबेगुको मृत्यु भएको हो। रुख काट्ने क्रममा माथिबाट अचानक रुखको हाँगाले लागेर उनी घाइते भएका थिए।

तत्काल घाइते भएका जबेगुलाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि झापाको बिएन्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

जबेगुको शवलाई बिएण्डसी अस्पतालमा नै राखिएको र थप अनुसन्धानको काम भइरहेको छ।