मोरङको सुनवर्षी नगरपालिका-४ चैतामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
आइतबार साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएकी ३५ वर्षीया रेखा देवी सिंहलाई रंगेली अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषित गरेका थिए।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।