मोरङको सुन्दरहरैँचा नगरपालिका-९ सलकपुर टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ।
आइतबार राती ना ७ ख ३२२३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५४ प ३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका ३ हसन्दह का ४४ वर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान गरिरहेको जनाएको छ।