राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूबीच भेटवार्ता भएको हो। उक्त भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको जनाइएको छ।
सो अवसरमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालको पनि सहभागिता रहेको थियो।