गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन।  
गृहमन्त्री रमेश लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि हामी दुई ठुला दलहरु मिलेर समस्या समाधान गरेको बताए। साथै उनले दुई ठुला दल एमाले काँग्रेस मिलेर संविधान बनाएको बताएका छन्।  
‘यो सरकार केही मानिसहरुलाई मन्त्री  बनाउन र सरकार बनाउनका लागि मात्र सरकार बनेको हैन। केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उचिएका हौँ। आर्थिक क्रियाकलाप कमजोर बने। त्यसलाई चलाएमा बनाउन हामी एक ठाउँमा उभिएका हौँ। ६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलैमध्ये एक नेपाल हो। धेरै संविधान बनाउनु भनेको देश अस्थित हुनु हो। हामी स्थितका लागि सरकार बनाएका छौँ। ’
उनले जनतामा डेलिभरीको समस्या भएको बताए। धेरै विषय गृह मन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको बताए। 
उनले शान्ति सुरक्षा,लोकतन्त्र प्रवाह हुनुपर्ने सेवाको स्थिति सुदृढ गर्न कुनैपनि सम्झौता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। 
उनले अनुशासन कायम राख्नुपर्ने समेत बताएका छन्। उनले भने, ‘लोकतन्त्र भनेको अनुशासनको परिवर्तन हो। अपराधकर्ताको व्यवस्था होइन।’ व्यक्तिको चरित्र हत्या गर्ने, जाति धर्म र क्षेत्रको बीचमा दोष लगाउने खालको गतिविधिमा केन्द्रित हुनुपर्ने बताए। सरकारको स्थायित्व,मुलुकको स्थायित्व र दिगो विकासबाट सरकार बनेकोले यसलाई नियन्त्रण गर्नेतिर पनि हामी केन्द्रित हुनुपर्ने बताए।  
उनले अपराध गर्नेहरु सबै कानुनी दायरामा आउनुपर्ने बताए। हाँसेर मात्र सेवा प्रवाह गरेमात्र आधा समस्या समाधान हुने बताएका छन्।