राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई छैटौं पटक म्याद थपका लागि प्रहरीले आज कास्की जिल्ला अदालतमा पेस गरेको छ।
पछिल्लो पटक मंसिर ९ गते थपिएको १५ दिनको म्याद शुक्रबार सकिएपछि आज पुनः म्याद थपका लागि अदालतमा पेस गरिएको हो।
लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा, र वीरगञ्जको सानो पाइला सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अपचलन गरेको आरोप छ। लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक हुन्।
लामिछानेसँग काठमाडौँ, पोखरा, चिवत र रुपन्देहीमा बयान भइसकेको छ भने पर्सा जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेकाले म्याद थप पछि वीरगञ्ज लैजाने प्रहरीको तयारी छ।
लामिछानेलाई सहकारी ठगि, सङ्गठित अपराध प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो।