नेपाल प्रिमियर लिग (एनपीएल) मा आज खेल हुँदै छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो। जनकपुरले यसअघि उद्धघाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो। यी दुई टीमबीचको खेल दिउँसो १ः१५ बजे शुरू हुनेछ। 

आजको मुख्य आकर्षणमा कर्णाली याक्सबाट भारतका चर्चित खेलाडी शिखर धवन रहने छन्।