मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाअनुसार माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गरे। यस्तै, एमालेका तलुसीराम विश्वासले ४ हजार १५९ मत प्राप्त गरे । यहाँ राप्रपाका दिनेश कुमार थन्दारले ५५ मत ल्याएका छन्।