काठमाडौँमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदै छन्। 
सेमिफाइनलमा आइतबार बङ्गलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ। 
दशरथ रङ्गशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ। महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो। 
अघिल्लो संस्करणहरूमा चार पटकसम्मको भेटमा नेपालले एक पटक मात्रै भारतलाई हराएको छ। सन् २०२२ मा  भएको खेलमा नेपालले भारतलाई १–० गोलले पराजित गरेको थियो। 
त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो। 
नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो।
समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालले दुई जित र १ बराबरी खेलेर ७ अङ्क जोड्दै ७ अङ्क बनाएको थियो। नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै ७ औँ अङ्क बनाएको थियो।