सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले, ऐतिहासिक कानुनी तथा न्यायिक दस्ताबेज र न्याय प्रणालीको बारेमा खोज तथा अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन्। 

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐतिहासिक कानुनी तथा न्यायिक दस्ताबेज र न्याय प्रणालीबारे खोज तथा अनुसन्धान गरी यसबारेमा आम जनमासमा सुसूचित गर्न आवश्यक रहेको बताए। 

उनले भने, ‘ऐतिहासिक कानुनी तथा न्यायिक दस्ताबेज तथा न्याय प्रणालीको बारेमा खोज तथा अनुसन्धान गरी यसबारेमा आम जनमासमा सुसूचित गर्ने कार्य आफैमा महत्त्वपूर्ण कार्य हो।’

उनले  मौलिक कानुनी तथा न्यायिक प्रणालीको जगमा आधुनिक विधि र शास्त्र पनि परिमार्जित हुँदै आएको बताए। कुनै पनि देशको राजनैतिक सामाजिक र सांस्कृतिक पद्धतिलाई उन्नत र विकसित बनाउने कार्यमा त्यस समयमा प्रचलित रहेका कानुन र न्याय व्यवस्थाको महत्त्वपूर्ण भूमिका रहने उनको भनाई छ। 

उनले भने, ‘हाम्रो मौलिक कानुनी तथा न्यायिक प्रणालीको जगमा हाम्रो आधुनिक विधि शास्त्र परिमार्जित हुँदै आएका छन्। वास्तवमा कुनै पनि देशको राजनैतिक सामाजिक र सांस्कृतिक पद्धतिलाई उन्नत र विकसित बनाउने कार्यमा त्यस समयमा प्रचलित रहेका कानुन र न्याय व्यवस्थाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।’