राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुर स्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गरेका छन् । 

बडादशैंको अन्तिम दिन अर्थात बुधवार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गरेका हुन् ।

बडा दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ । यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गरेका थिए ।