नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् । 

वडादशैंलाई आफूले पहिलेदेखि नै महत्व नदिएको तर परिवारका सदस्यहरुलाई साथ दिने गरेको प्रतिक्रिया दिए । 

‘जनयुद्धभरी र त्यपपछि पनि दशैं मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रुपमै लिनेगर्छु ।  घरमा परिवारका सदस्यहरु, छोराछोरी, नाति नातिनाहरुलाई टीका लगाउने गर्छन । उनीहरुलाई सहयोग चाहीं गर्छु,’ अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालले दशैंमा प्राय टीका लगाउने गरेका छैनन् । तर २०७४ सालमा भने उनको निधारमा रातो टीका लगाएको तस्वीर सार्वजनिक भएको थियो । लाजिम्पाट निवासमा रहँदा उनले मामा ससुरा र सासुको हातबाट टीका लगाएको तस्वीर उनकी छोरी गंगा र छोरा प्रकाशले सार्वजनिक गरेका थिए ।