मोरङको बेलबारी नगरपालिका ३ स्थित फुलबारी पेट्रोल पम्प दक्षिण  पहिले देखि नै लाग्ने गरेको स्थलमा  बेलबारी महोत्सव २०८१ आयोजना हुने भएको छ । असोज २५ गतेदेखि कार्तिक  ९ गतेसम्म महोत्सव सञ्चालन हुने महोत्सवका संयोजक हरि गुरुङले जानकारी दिए । बेलबारी प्लस नामक गैरसरकारी संस्थाको गतिविधि सञ्चालनका लागि आर्थिक स्रोत सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले उल्लेख गरे । 

लागु-औषधमा लागेकालाई उपचार गरि रहदा आर्थिक भार परेकाले आर्थिक भार केहि कम हुन्छ कि भनि महोत्सबको आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ।  

महोत्सव सम्पन्न भएपछि पत्रकार सम्मेलन गरेर आयव्यय विवरण सार्वजनिक गर्ने पनि उनले स्पष्ट पारे । बेलबारीको अर्थतन्त्रलाई चलायमान बनाउन तथा महोत्सव आयोजनाको परम्परालाई निरन्तरता दिन महोत्सव आयोजना गर्न लागेको उनको भनाइ थियो ।उनले महोत्सब संचालन गर्न ६५ लाख भन्दा माथि खर्च हुने र आम्दानी प्रायोजक ,स्टल ,टिकट बाट गर्ने उल्लेख गरे।  

महोत्सवमा राष्ट्रियस्तरका गायक तथा गायिकाहरू पूर्ण राई, रचना रिमाल, एलिना चौहान र तिर्सना गुरुङ सहभागी रहेको साङ्गीतिक ब्यान्डले प्रस्तुति दिने महोत्सवका इभेन्ट म्यानेजर विक्की भगतले जानकारी दिए ।