निरज खवास 

मोरङको बेलबारी नगरपालिका ८ मा सञ्चालित सिंहदेवी सामुदायिक वन उपभोक्ता समितिको २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आगामी कार्ययोजनासहित वार्षिक प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका सभापतिसमेत रहेका वनका उपभोक्ता समिति अध्यक्ष लक्ष्मण तामाङले २०५६ सालमा तदर्थ समिति गठन भई सञ्चालनमा आएको वन २५ वर्षसम्म निरन्तर कृयाशील रहेको बताए । २०५८ सालमा आधिकारिक रूपमा दर्ता भएको वन दुई सय ७८ दशमलव ७५ हेक्टर क्षेत्रफलमा फैलिएको र एक हजार तीन सय ४६ घरधुरीले यसको उपभोग गरिरहेको उनले उल्लेख गरे । आफ्नो नेतृत्वमा रहेको वनले यस वर्ष मोरङ जिल्लाका उत्कृष्ट सामुदायिक वनको सूचीमा तेस्रो स्थान प्राप्त गरी पुरस्कृत भएको अध्यक्ष तामाङले स्मरण गरे ।07

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले वनबाट प्राप्त हुने हरेक उत्पादनलाई उत्पादनमुलक काममा उपयोग गर्नुपर्ने बताए । नदी तटीय क्षेत्रमा बाँस रोपेर कटान र हात्ती आतङ्क नियन्त्रण गर्न सकिने उनले उल्लेख गरे ।05

कार्यक्रम सिंहदेवी सामुदायिक वन उपभोक्ता समितिका सचिव बृख लिम्बु(बिमल)ले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रममा बिशिस्ट अथितीमा सब-डिभिजन बेलबारीका प्रमुख दिपेश मिश्र,बागदेबी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहन पौडेल ,बेतना सिमसार सामुदायिक बन उपभोक्ता समूहकि उपाध्यक्ष रिता कोइराला बेलबारी वडा न ८का वडाध्यक्ष धनपति गौतम ,नेकपा एमाले बेलबारी नगरका अध्यक्ष शंकर गुरुङ लगायत को उपस्थिति रहेको थियो। 13