एमाले संसदीय दलको बैठकमा प्राकृतिक विकृति बाढी, पहिरो र डुबानबाट भएको क्षतिको सन्दर्भमा छलफल भएको छ।
मङ्गलवार बसेको संसदीय दलको बैठकमा बाढी पीडितहरुलाई राहतको व्यवस्था गर्ने र उनीहरूको पुर्नस्थापना गर्ने सन्दर्भमा छलफल भएको सांसद् सुनिता बरालले बताइन्। उनले भनिन्, ‘आज २१ औँ बैठक थियो। हामी आकस्मिक रुपमा बसेका हौँ।मूलतः आज प्राकृतिक विपत्ति बाढी, पहिरो र डुबानबाट भएको क्षतिको सन्दर्भमा छलफल भयो। बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिका भ्रमणबारे जानकारी दिनुभयो।
उहाँ अमेरिका जानुअघि सरकारले ल्याएका कार्यक्रमहरुमा प्रतिबद्ध भएर अगाडि बढ्न भन्नुभएको छ।’
बैठकबाट मूलतः बाढीपीडितहरुका सन्दर्भमा राहतको व्यवस्था गर्ने र उनीहरूको पुर्नस्थापना गर्ने, समस्या भएका ठाउँहरूमा सरकारको तर्फबाट प्रभावकारी ढङ्गबाट जनप्रतिनिधिको रुपमा कहाँ सहयोग गर्न सकिन्छ भन्ने विषयमा सबैमा आह्वान गर्दै डटेर अगाडि बढ्ने निर्णय गर्‍यौ। ’
साथै बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले अमेरिका भ्रमणबारे जानकारी गराएका छन्। यस्तै, एमालेका तर्फबाट सबै संस्था र नागरिक समाजलाई दुःखको बेला सहयोग गर्न आह्वान गर्ने निर्णय समेत गरेको छ।