नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरूलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ।

मङ्गलवार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शङ्कर पोखरेलले जानकारी दिए।

उनले भने, ‘राज्यको तर्फबाट एक अरब छुट्याउने काम गरिसकेको छ। त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।’

यस्तैगरी, उनले विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पङ्क्तिलाई खटाइएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताए। 

त्यस्तै, प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए।