मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीका ६ जना खेलाडी पहिरोमा परी बेपत्ता भएका छन्। 
बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी प्रवक्ता सुरेश साहले पुष्टि गरेका छन्। 
इन्द्रसरोवर गाउँपालिका ३ स्थित वात्सल्यदेवी उच्च मा.वि.मा एन्फाले सञ्चालन गरिरहेको आवासीय प्रशिक्षणमा रहेका अनुप घलान, हेटौँडा, साइमन योञ्जन, मकवानपुर, आदित्य बलपाकी, सर्लाही, रियान्स आचार्य, काठमाडौँ, बिकल रेग्मी, बारा, दिवस बानिया, मकवानपुर पहिरोमा परेका हुन्।
उनीहरू बिहान करिब ६ः३० बजे उक्त स्थानबाट अन्यत्र जानेक्रममा पहिरोमा परेको एन्फाले जनाएको छ। उनीहरूको खोजी कार्य जारी छ।
Photo 93