इटहरी यातायात व्यवस्था कार्यालयमा स्थानीय प्रशासनले आकस्मिक चेकजाँच गरेर एकजना नक्कली डाक्टरसहित १७ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ।

बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलीले  सवारी र चालक अनुमतिपत्र हेर्ने दुवै कार्यालयमा अनुगमन गरेको हो।

संघीय सरकार मातहत हुँदा खासै वास्ता नगर्ने स्थानीय प्रशासनले प्रदेश सरकार मातहत आएपछि पनि दशैंको मुखमा आकस्मिक अनुगमन गरेको भन्दै कतिपय सरोकारवालाहरुले प्रश्न समेत उठाएका छन्। यद्यपी स्थानीय प्रशासनले गरेको अनुगमनमा सेवाग्राहीलाई दुःख दिने १७ जना बिचौलिया पक्राउ परेका छन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीको नेतृत्वको टोलि कार्यालय पुग्दा डाक्टर भनिएका व्यक्ति नक्कली रहेको खुलेको थियो। त्यसपछि असम्बन्धित व्यक्तिहरुले यातायात व्यवस्था कार्यालयको सेवामा प्रभाव जमाएर नागरिकमाथि बिचौलियाको काम गरिरहेको खुलेको हो

अनुगमनका क्रममा एक नक्कली डाक्टरसहित १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले विज्ञप्तीमार्फत जानकारी दिएका छन्। पक्राउ परेकाहरुमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान अगाडी बढाउने छ।