नेपाली बजारमा मंगलबार सुनको मुल्यले पुन : नयाँ रेकर्ड बनाएको छ । सुनको मुल्य तोलामा ५ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएकोहो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुनको मुल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मुल्य भने मंगलबार घटेको छ । 

सोमवार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ९ सय १५ रूपैयाँमा कोरोवार भैइरहेको छ ।