साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध सानदार जित हात पारेको छ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए।

प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो। अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका रहेको छ।