गृह मन्त्रालयले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

आइतबार छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको गृह प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए। 

मन्त्रिपरिषद्बाट निर्णय भएर आएको सुझाव कार्यान्वयनमा लैजान गृहमन्त्री रमेश लेखकले मन्त्रालयका उच्च अधिकारी र प्रहरी प्रमुख वसन्त कुँवरलाई निर्देशन दिएका हुन्।