रामेछापको मन्थली नगरपालिका ५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा मन्थली नगरपालिका वडा ४ की वडा सदस्य माया नेपाली रहेको मन्थली नगरपालिका ५ का वडाध्यक्ष रविन कार्कीले जानकारी दिए।

मन्थलीबाट सालु तर्फ जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेरो गाडी सुनारपानीको भदौरे डाँडा भन्ने स्थानमा आइतबार दिउँसो २ बजे दुर्घटना भएको हो। दुर्घटनामा परी अन्य ४ जना पनि घाइते भएका छन्।

घाइतेको सनाखतका साथै घटनाको थप विवरण आउन बाँकी रहेको छ।