पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको मोरङको पथरीमा अन्तिम संस्कार गरिएको छ। 

हृदयघातका कारण निधन भएका राईको पार्थिव शरिर आज पथरी शनिश्चरे नगर परिक्रमा गरी किरात राई साँस्कृतिक परम्परा अनुसार दाह संस्कार गरिएको हो।

मोरङ पथरीका राईको अन्तिम संस्कारका लागि पथरीमा हजारौँको सङ्ख्यामा सर्वसधारणहरु भेला भएका थिए।

गत एक हप्ता अघि मात्र उनले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका थिए। स्वास्थ्यमा समस्या भएपछि बुधवार बिहान धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो ।तर, उपचारका क्रममा उनको निधन भएको थियो।

मोरङ पथरीका राई मिस्टर काठमाडौँ प्रतियोगितामा विभिन्न ५ तौल समूहका विजेतालाई पछि पार्दै ओभरअल च्याम्पियन बनेका थिए।