सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो। समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ। 
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ मा चार जनालाई कारबाही गर्न सिफारिस गरेको उल्लेख छ।