मोरङको बुढिगंगा गाउँपालिका-५ स्थितमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ वर्षीया कुमा देबी मण्डल रहेका छन।

भदौ २६ गते बिहान बुढिगंगा-५ स्थितमा कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा विद्युत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि आवश्यक कानुनी प्रकृया गरी लाश पोष्टमार्टमको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान गरीरहेको छ।