सम्बन्ध विच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका-१, कुँवर गाउँ निवासी ४२ वर्षीय श्रीमान् जहरसिंह कुँवरले ४० वर्षीया श्रीमती राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। उनीहरु हाल पोखरा महानगरपालिका ८ मा बस्दै आएका थिए।

राधिकाको घाँटी र पेटमा चोट लागेको छ। उनीहरुबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो।

जहरसिंहलाई प्रहरी नियन्त्रणमा लिएको छ भने राधिकाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ। उनीहरुका एक नाबालक छोरा छन्।