रास्वपा सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले वार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाएका हुन्।  

उनले भने,‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो। १९ महिनापछि वार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚ नेपाली कांग्रेसले शिर झुक्यो भनेछ। नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा ? जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर ?’