जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले तीनवटा कारसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन्। भारतबाट अवैध रुपमा नेपालतर्फ सामान ल्याउँदैगर्दा उनीहरु पक्राउ परेका हुन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बी ४ एन ६८७८, डब्लु बी ७४ पि ७७९९ र डब्लु बी ७४ एन ८४६२ नम्बरको कारबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ९९ हजार एकस मुल्य बराबरको कपडा बरामद गरेको जनाएको छ।
बरामद कपडामा पुरुषको टाउजर ११० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल १ हजार २५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस, लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस रहेका छन्। प्रहरीले बरामद गरेको कारको मूल्य अन्दाजी २४ लाख मुल्याङ्कन गरेको छ। कारसहित कपडाको मुल्य २९ लाख ५० हजार १०० रहेको जनाएको छ।
पक्राउ पर्नेहरुमा भारतीय कार चालक भारतको पानीट्याङ्की बस्ने राम दयाल बर्मन, सोही स्थानको अमित राय र राजकुमार घोष रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।
पक्राउ परेको कारसहित भारतीय नागकिरलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको छ।