पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोबर्धनलाई नेपाली कांग्रेसले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ।
आइतबार पार्टी कार्यलय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसका सभापति शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरका हुन् ।
यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई पनि एक लाख ५० हजार रुपैयाँ सहित सम्मान गरिएको छ।
पेरिसमा ओलम्पिक २०२४को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कांस्य पदक जितेकी थिइन्।