रक्षामन्त्री मानवीर राईले पार्टीका सिद्धान्तहरु पालना नगर्दा असन्तुष्टिका जनआवाजहरु आउनथालेको बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नयाँ, पुरानो सबै पार्टीको उद्देश्य र सिद्धान्तहरु राम्रो भएको भन्दै त्यसको पालनामाअभावको कारण समस्याआएको बताए। 

उनले भने, ‘नयाँ, पुरानो सबै पार्टीको सपथ, उद्देश्य र सिद्धान्तहरु राम्रो छन् ।तर त्यसलाई पालना नगर्दा कताकता अल्मलिएर असन्तुष्टिका जनआवाजहरु आउन थालेका छन्। यसमा ध्यान दिनुपर्छ। म जस्तो भुइ मान्छेले मन्त्रालय सम्हाल्दा थप जिम्मेवारीको बोध पनि छ।’

यस्तै, उनले धेरै ठूलो इज्जत हासिल गर्न नसके पनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने र नघटाउने प्रतिबद्धता व्यक्त गरे। 

उनले भने, ‘गोर्खे खुकुरी वालाहरुको धेरै ठूलो इज्जत छ। त्यही हासिल गर्न नसकौला तर धेरै परिवर्तन नगरेपनि, थप विकास नगरेपनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने, पुरानो ठाँउबाट तल नघटाउने प्रतिबद्धता जनाउन चाहन्छु।’

उनले सरकारले नियम र विधि अनुसार नियमन गर्ने हिसाबले गम्भीर छलफलका साथ अहिलेको मन्त्रिपरिषद्ले टिकटकलाई खोलेको बताए।