झापा बिर्तामोडमा एक बालकको डेंगु संक्रमणका कारण मृत्यु भएको छ। बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो।

सुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको र त्यसपछि बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको आफन्तले जनाएका छन्।

बिर्तामोडमा उपचार सम्भव नभएपछि उपचारका लागि नोवेल हस्पिटल विराटनगर लगिएकोमा उपचारका क्रममा हिजो उनको मृत्यु भएको हो।

आलोकजंग न्यूटन्स एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत थिए। यो सँगै यस वर्ष झापामा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।