बम विस्फोटमा परी घाईते भएका पाँचथर फालेलुङ-५ डाँडागाँउका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिएको छ।

कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि स्वास्थ्यमन्त्री प्रदिप पौडेलले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका हुन।

सो घटनामा चारजना बालबालिका घाइते भएका थिए। यसअघि दुईजना बालबालिका ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो।