युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत् चर्चामा आएका प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको छ। भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई औपचारिक रूपमा नागरिकता हस्तान्तरण गरेका छन्।

वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाई पनि उपस्थित रहेका थिए। आफ्नो परिवारसँगको पुनमिलनसँगै प्रकाशले नागरिकता पाएपछि नयाँ जीवनको सुरुवात गर्दैछन्।

प्रकाश मोक्तान, जो ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनमिलन गरेका थिए। उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो।‘हेर्ने कथा’ मार्फत् धेरै वर्षपछि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ।

प्रकाशले नागरिकता प्राप्त गरेपछि अब बैङ्क खाता खोल्ने तयारीमा छन्।