कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।
समितिले मंगलबार नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ६० देखि ७० रुपैयाँ मूल्य रहेको जनाएको छ।
त्यस्तै, स्थानीय सानो स्थानीय गोलभेडाको मूल्य प्रतिकिलो २५ देखि ३० रुपैयाँ रहेको छ।
कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार रातो आलुको मूल्य आज ६५ देखि ७० रुपैयाँ रहेको छ। सेतो आलुको मूल्य ५३ देखि ५५ रुपैयाँ रहेको छ।
त्यसैगरी, भारतीय सुकेको प्याजको मूल्य ११५ देखि १२० रुपैयाँसम्म रहेको छ भने स्थानीय गाँजरको मूल्य ९० देखि १०० रुपैयाँ रहेको समितिले जनाएको छ।
स्थानीय काउली १०८ रुपैयाँ ७५ पैसा, बन्दा लोकल ५५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी २० रुपैयाँ ५० पैसा र ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रति केजी तोकिएको छ।