विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक विदा दिएको छ।
विराटनगरको रथयात्राका लागि प्रदेश सरकारले १४ वटै जिल्लामा विदा दिएको हो। रथयात्रामा हजारौँको सहभागिता हुन्छ।
विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा रहेको दाबी गरिन्छ। पहिलो भने भारतको जगन्नाथपुरीको रथलाई मानिन्छ। मंगलबार दिउँसो साढे ३ बजे मन्दिरबाट निकालिने रथ तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै ९ किलोमिटर यात्रा गर्दै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ।