नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बिहीबार र शुक्रवार लगातार बढेको अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमय दर शनिवार भने घटेको छ । 
शनिवार बेलायती पाउण्ड स्थिर रहँदा अमेरिकी डलर, युरो र कतारी रियालको विदेशी विनिमय दर घटेको हो ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ ८३ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।