भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडी-२ सितलपुरका तुलबहादुर दमै, माडी-१, भङ्गताका कृष्णबहादुर परियार र माडी-५, छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपालीको मृत्यु भएको छ। उनीहरू केही महिनादेखि सडक निर्माणका लागि मजदुरका रूपमा कार्यरत थिए।