नेपाली बजारमा बुधवार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो । 
मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।  
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर  १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।