आइसिसी महिला टी–२० विश्वकप क्रिकेट, २०२४ युएईमा हुने भएको छ । 
यसअघि बङ्गलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्ध र सुरक्षाका कारण युएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जनाएको छ ।
प्रतियोगिता आगामी असोज १७ देखि कात्तिक १४ गतेसम्म युएईको दुबई र शारजाहमा हुने जनाइएको छ ।
आइसिसीले प्रतियोगिताको आयोजनास्थल मात्र बङ्गलादेशबाट युएईमा सरेको भन्दै आयोजक बङ्गलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।
यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्यान्ड र श्रीलङ्का रहेका छन् ।