नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर घट्दा युरो र बेलायती पाउन्ड बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७८ पैसा र बिक्री दर १३४ रुपैयाँ ३८ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यसै गरी, बेलायती पाउन्ड एकको खरिद दर १७३ रुपैयाँ ८५ पैसा र बिक्री दर १७४ रुपैयाँ ६३ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६९ पैसा र बिक्री दर ३६ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।