काठमाडौँमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलमा मङ्गलवार समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदैछ ।

आज हुने खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

जारी च्याम्पियनसिपमा बङ्गलादेश आफ्नो पहिलो खेल खेल्न लागेको हो । श्रीलङ्काले भने दोस्रो खेल खेल्दैछ ।

श्रीलङ्का पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो । आज पराजित भएको खण्डमा श्रीलङ्का समूह चरणबाटै बाहिरिनेछ ।

श्रीलङ्का पराजित हुँदा वा बराबरीमा मात्रै सीमित रह्यो भने पनि नेपाल भने एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपालले समूहको दोस्रो खेल बिहीबार बङ्गलादेशसँग खेल्नेछ ।

सोमबार भएको समूह ‘बी’ को खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हराएको थियो ।