नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने ब्रिज इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्।
सोमबार ब्रिजका प्रमुख भुवन गिरी र क्रिकेटर सन्दीपले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।
कन्सल्टेन्सीका प्रमुख गिरीका अनुसार सन्दीपसँगको सम्झौता दुई वर्षको लागि गरेको बताए। सन्दीप एम्बेस्टर बनाउन पाउँदा खुसी लागेको प्रमुख गिरीले बताए।
लामिछानेले साईनिङ सेरीमोनीमा जोडिन पाउँदा एउटा राम्रो यात्रा सुरु भएको बताए। उनले ब्रिज ईन्टरनेसनलसँगको यो यात्रामा राम्रो गर्न सकिने अपेक्षा भएको बताए।