ललितपुरको कुम्भेश्वरस्थित एक घरमा आज बिहान आगलागी भएको छ।

बंगलामुखी मन्दिर नजिकैको घनाबस्तीमा भएको घरमा आज बिहान करिब ९ः०० बजेतिर आगलागी सुरु भएको थियो।

घरको सबैभन्दा माथिल्लो तलामा आगलागी भएको हो। ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगो निभाउन ललितपुर महानगरपालिकाका २५ जना नगर प्रहरी, ३ वटा दमकल र एउटा पानी ट्याङ्करको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट भएको क्षतिको विवरण खुलिसकेको छैन।